मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
ratopati.com · Tue Jun 09 07:06:30 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको भन्दा भिन्न र मापदण्डविपरीतका हेडलाइट तथा हर्न जडान गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले एक सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रूपमा लाइट र हर्न परिवर्तन नगर्न सबै सवारी धनी तथा चालकहरूलाई सचेत गराएको हो ।
विभागका अनुसार पछिल्लो समय सवारी साधनको हेडलाइट भएको स्थान नजिक वा अन्य भागमा उत्पादक कम्पनीको प्राविधिक स्पेसिफिकेशनभन्दा बाहिरका शक्तिशाली लाइटहरू जडान गर्ने क्रम बढेको पाइएको छ। यस्ता चम्किला लाइटहरूले गर्दा सडकमा अन्य सवारी चालक र पैदल यात्रीको आँखा तिर्मिर्याउने र दुर्घटनाको जोखिम उच्च हुने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)