बन्धक नेपाली युवालाई धमाधम उद्धार गर्दै एनआरएनए इराक
rajdhanidaily.com · Fri Sep 05 23:51:27 GMT 2025
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी इराक पुगेका दुई नेपाली युवालाई उद्धार गरी नेपाल फर्काईएको छ। गौरआवासीय नेपाली संघ (एनआरएनए) इराकले बल बहादुर कुमाल र किरण केसीलाई उद्धार गरी नेपाल फर्काएको हो।
एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार बग्दादमा ६ जनालाई बन्धक बनाई राहदानी नदिएको दुई जना जेलमा भएको उद्धारका लागि सहयोग अपिल आएको थियो। जेलमा परेका दुई नेपाली पहिले नै उद्धार गरी स्वदेश पठाईएको र बाँकी चार जनाको लागि लगातार एजेण्ट सँग समन्वय गरिएको अध्यक्ष श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)