कृष्णपुर नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता
barnanmedia.com · Fri Sep 05 23:45:38 GMT 2025

यहाँको कृष्णपुर नगरपालिका र काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र धुलिखेलबीच मानसिक स्वास्थ्यसम्बन्धी बिरामीको उपचार र परामर्श गर्न पाँच वर्षका लागि आज सम्झौता भएको छ ।
नगरप्रमुख हेमराज ओझा र विश्वविद्यालय स्कुल अफ मेडिसिनका एसोसिएट डीन डा दीपक कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार कृष्णपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरको सहयोगमा विश्वविद्यालयका विशेषज्ञ चिकित्सकसँग दृश्यात्मक प्रविधिमार्फत प्रत्यक्ष परामर्श पाउने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)