नेपाल प्रहरीको अनलाइन सेवा एक घण्टा अवरुद्ध हुने
nepalpress.com · Fri Oct 10 10:52:54 GMT 2025

काठमाडौं । नेपाल प्रहरीका अनलाइन सेवाहरू आज एक घण्टाका लागि बन्द हुने भएका छन् । नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली, अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र नेपाल प्रहरी मोबाइल एप प्रयोगमा अवरोध हुने भएको हो ।
नेपाल प्रहरीले सूचना जारी गर्दै यी सेवाहरू आज साँझ ५ बजेदेखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको छ । प्राविधिक मर्मत सम्भारका कारण केही प्रणालीमा अस्थायी अवरोध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
नेपाल प्रहरीले सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै मर्मत कार्य पूरा भएपछि सबै सेवा पूर्ववत् सञ्चालनमा आउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)