मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नामिबियासँगको खेल  रद्द

ekantipur.com · Sat Dec 03 01:01:42 GMT 2022

काठमाडौँ — नेपाल र नामिबियाबीच विश्वकप लिग २ को खेल रद्द भएको छ । १ सय ९८ रनको लक्ष्य पाएको नामिबियाको इनिङ्स सुरु भएलगत्तै वर्षा भएपछि थप खेल हुन सकेन ।

नामिबियाले पहिलो ओभरको ४ बल खेल्दै ४ रन बनाएपछि वर्षा भएको थियो । वर्षा रोकिए पनि मैदान भिजेका कारण खेल अवरुद्ध भएको हो । दुवै टोलीले १–१ अंक पाएका छन् । नेपाल २१ खेलमा १८ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंकतालिकामा छैटौं स्थानमा यथावत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)