जसपाका दुई नेता जेल चलान
deshsanchar.com · Fri Jul 23 15:43:05 GMT 2021
वीरगञ्ज – जनता समाजवादी पार्टीका दुई जना नेतालाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ। जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका–४ निवासी प्रमोद गुप्ता र फेटा गाउँपालिकाको बडककी फुलवरिया टोल निवासी सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले बिहीबार जेल चलान गरेको हो ।
०७४ सालमा भएको मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा सोही बेला दुबै जनामाथि बारा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)