आममाफीको प्रावधान खारेज गर्न पीडितको अपिल
ekantipur.com · Mon Aug 29 00:44:29 GMT 2022
काठमाडौँ — गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी दिने घुमाउरो प्रावधान खारेज गर्न द्वन्द्वपीडितले सांसदहरूसँग अपिल गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ माथि संसद्मा सोमबार छलफल हुँदै छ । विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएपछि सांसदहरूलाई संशोधन गर्न मन भए प्रस्ताव पेस गर्न ७२ घण्टाको समय दिइनेछ । यो समयको सदुपयोग गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय प्रावधान तथा सर्वाेच्च अदालतको आदेशविपरीत विधेयकमा भएका प्रावधान खारेज गर्न पीडितले सांसदलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)