मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शाहरुख खानको ब्याटिङले १०० रन कटाएको पञ्जाबको नमिठो हार

farakdhar.com · Fri Apr 16 17:49:29 GMT 2021

इन्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नई सुपर किंग्सले सहज सजत निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नईले पञ्चाब किंग्समाथि ६ विकेटको जित हात पारेको हो ।

योसँगै चेन्नईले यस सिजनको पहिलो जित दर्ता गरेको छ । मुम्बईमा भएको खेलमा चेन्नईले टस जितेर बलिङ रोज्दै पञ्जाबलाई पहिले ब्याटिङमा पठाएको थियो । आक्रामक ब्याट्सम्यानले भरिएको पञ्चाब यस खेलमा ब्याटिङमा निकै निरीह देखियो । पञ्जाबका ब्याट्सम्यानले २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १०६ रन बनाउन सके । १०७ रनको झिनो लक्ष्य चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)