सभामुखमा भिड्दै घिमिरे र न्यौपाने
annapurnapost.com · Thu Jan 19 00:42:00 GMT 2023
काठमाडौं : सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखमा भिड्दै छन्। सभामुख चयन गर्न बिहीबार प्रतिनिधिसभा बैठकमा मतदान हुनेछ। जसका लागि बुधबार सत्तारुढ दल र विपक्षीबाट दुई जनाको उम्मेदवारी परेको हो।
घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)