शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन मुख्यमन्त्रीको निर्देशन
ratopati.com · Tue Feb 17 19:33:36 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार यहाँ आयोजित विभागीयमन्त्री, राज्यमन्त्री, विभागीय सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित चारै सुरक्षा प्रमुखसहितको बैठकमा उनले भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । बैठकमा निर्वाचन सफल रूपमा सम्पन्न गराउनु प्रदेश सरकारको जिम्मेवारी भएकाले सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)