पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो, अरुको कति ?
baahrakhari.com · Tue Jun 30 16:55:52 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान (राति) ००:०१ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ