मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सुरक्षाबारे अभिमुखीकरण

abhiyandaily.com

विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगिताबारे मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदातालाई अभिमुखीकरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजनामा बिहीवार विराटनगरमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको मुख्य उद्देश्य आयको निरन्तरता र पुनर्वितरणमा आधारित भएको र आधारभूत मानव अधिकारका रूपमा परिभाषित भएको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ ले विभिन्न क्षेत्रका करीब ४० जना रोजगारदाता तथा उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)