नेपाल–भारत सहयोग समीक्षा
gorkhapatraonline.com · Thu Sep 15 01:09:06 GMT 2022
काठमाडौँ, भदौ ३० गते । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतका विदेशमन्त्री एस. जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार भएको भेटवार्तामा नेपाल–भारतका द्विपक्षीय विषयमा कुराकानी भएको छ।
यसअघि नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलबार भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भएको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल र समीक्षा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)