तीन जिल्लाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
nepalnews.com · Fri Oct 16 15:59:18 GMT 2026

काठमाडौं। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित स्थानीय तहहरूमा उक्त पुर्जा वितरण गरिएको हो।
चितवनको इच्छाकामना गाउँपालिका-७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)