मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालका लागि भारतका नयाँ राजदूत सुधाकर दलेला को हुन्?

bishowkhabar.com · Fri Oct 16 16:05:25 GMT 2026

काठमाडौं -भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार, १६ अक्टोबर २०२६ मा उनको नियुक्तिबारे औपचारिक जानकारी दिएको हो। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ।

दलेला भारतीय विदेश सेवाका सन् १९९३ ब्याचका अधिकारी हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। यसअघि सन् २०२२ देखि २०२५ सम्म उनले भुटानका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)