इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु
khabarhub.com · Sat Aug 15 02:56:39 GMT 2026

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ५ बजेर ५८ मिनेटमा गएको भूकम्पबाट हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जारी गरेको विज्ञप्ति अनुसार माउमेरे बन्दरगाहमा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)