मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाको तीज कार्यक्रम

ratopati.com · Thu Aug 27 06:34:17 GMT 2026

काठमाडौँ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम नगर्ने भएकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले शो निर्णय गरेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमका लागि केही दिन पहिले अस्ट्रेलिया पुगेकी उनले नेपालमा आएको प्रकृति प्रकोपबाट दुखी समेत रहेको बताएकी छन् ।

देशमा बिपत परेको बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन भनेर उनले यस्तो निर्णय गरेकी छन् । उनले नेपालमा रहेका सबैलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् । उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम रद्द गरेको जानकारी दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)