इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण
lokaantar.com

चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्ती र सङ्गम टोलका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी ३२ परिवारलाई आज जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलभद्र बाँस्तोलाको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष गणेश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)