मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम एसिया युद्धका कारण इराकलाई ६० अर्ब डलरको क्षति

barnanmedia.com · Fri Oct 16 16:25:53 GMT 2026

पश्चिम एसियामा जारी युद्धका कारण इराकले करिब ६० अर्ब अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको त्यहाँका विदेशमन्त्री फुआद हुसेनले बताएका छन्। इरानले विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्गमा अवरोध सिर्जना गरेपछि इराकको तेल उत्पादन र निर्यात प्रभावित भएको हो। युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो भने ३५ लाख ब्यारेल निर्यात हुने गरेको थियो।

इराकको अधिकांश तेल दक्षिणी क्षेत्रबाट होर्मुज जलडमरूमध्य हुँदै निर्यात हुने भएकाले जलमार्गमा अवरोध भएपछि उत्पादन घटाउनुपरेको थियो। भण्डारण क्षमता सीमित हुँदा इराकले सिरिया र टर्कीए हुँदै ट्रक तथा पाइपलाइनमार्फत सीमित मात्रामा तेल निर्यात गर्नुपरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)