रेल सेवा सञ्चालन भएपछि खुसी हुँदै राेपाइँ छाडेरै हेर्न आए स्थानीय
deshsanchar.com · Sun Jul 16 17:15:50 GMT 2023
जनकपुरधाम – महोत्तरीको विजलपुर स्टेसनबाट दुई दशकपछि पहिलो पटक रेल भारतको जयनगरका लागि खुल्यो। दुई दशकपछि गाउँबाट पुनः रेल सेवा सञ्चालन भएपछि स्थानीयमा कुनै खुसीको ठेगान छैन। आइतबार बिहान १० बजेर ३० मिनेटमा भंगहा (विजलपुरा) स्टेसनबाट रेल्वेको शुभारम्भ हुने सुनेपछि स्थानीय त्यसअगावै स्टेसनमा पुगिसकेका थिए।
रेल्वे हेर्न पुगेकामध्ये एक थिए त्यहाँकै जुगल सदा। खेतमा धान रोपिरहेका उनी रेल्वे चल्ने सुनेपछि बिहानै स्टेसनमा पुगका थिए। ६० वर्षभन्दा माथि उमेरका सदा आफ्नो जीवनमै पुनः गाउँमा रेल चलेको हेरेपछि खुसीको ठेगान नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)