मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने

ratopati.com · Fri Oct 16 17:30:43 GMT 2026

धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट सङ्ख्या निर्धारण गरेसँगै पठनपाठन सुरु हुन लागेको हो ।

आयोगले आज एक सूचना जारी गरी विश्वविद्यालयका लागि एमबिबीएसमा ५०, बिएस्सी नर्सिङमा २०, बिएस्सी एमएलटी र बिएस्सी अप्टोमेट्रीमा १०–१० सिट निर्धारण गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)