जिल्ला अधिवेशनकै बीच रास्वपा धनुषाका सभापति लक्ष्मेश्वर यादव पदमुक्त
nepalpress.com · Tue Jun 09 07:24:27 GMT 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदमुक्त गरेको छ । धनुषाको जिल्ला अधिवेशन आजैदेखि निधि भवनमा भइरहेको छ ।
आयोगले जेठ २५ गते पठाएको पत्रका जारी गरेको पत्रमा यादवमाथि पार्टीको विधान, आचारसंहिता, कार्यविधि तथा निर्वाचनसम्बन्धी व्यवस्थाविपरीत गतिविधि गरेको, पदीय जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्न नसकेको, पदीय क्षेत्राधिकार मिचेको तथा अनावश्यक हस्तक्षेपमार्फत समूहगत राजनीतिलाई बढावा दिएको आरोप छ ।
यी विषयमा विभिन्न समयमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको र प्राप्त जवाफको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएको आयोगले जनाएको छ। आवश्यक प्रमाणको आधारमा निर्णय लिनुपर्ने उल्लेख गर्दै यादवलाई सभापतिको जिम्मेवारीबाट पदमुक्त गरिएको पत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)