मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति लीद्वारा ब्लु हाउसको भ्रमण

barnanmedia.com · Mon Dec 29 21:25:00 GMT 2025

दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले सोमबार देशको परम्परागत राष्ट्रपति दरबार चेओङ वा डे (ब्लु हाउस) भ्रमण गर्नुभएको छ । यो उहाँले जुनमा पदभार सम्हालेपछि पहिलो पटक उक्त दरबार पुग्नुभएको अवसर हो । यसअघि अपदस्थ पूर्वराष्ट्रपति युन सुक येओलले राष्ट्रपति कार्यालय रक्षा मन्त्रालयको परिसरमा सारेर तीन वर्षभन्दा बढी समय चेओङ वा डे प्रयोगमा ल्याउनुभएको थिएन ।

पूर्वराष्ट्रपति मुन जे–इनको कार्यकालको अन्तिम दिन सन् २०२२ मे ९ पछि कुनै पनि राष्ट्रपतिले चेओङ वा डे भ्रमण गर्नुभएको यो पहिलो पटक हो । युन सुक येओलले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रक्षा मन्त्रालयको भवनलाई राष्ट्रपति कार्यालयका रूपमा रूपान्तरण गरेर त्यहीँबाट काम सुरु गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)