गठबन्धनका लागि विकल्प खोज्दै दलहरु
ratopati.com
निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन ।
महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावमा कहाँ, कोसँग, कसरी तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पार्टीका स्थानीय तहलाई नै छाड्नुपर्ने धारणा राख्दै आएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकै बैठकमा अहिले जुन पालिका जसले जितेको छ, आगामी निर्वाचनमा पनि उसैको उम्मेदवार उठाउने प्रस्ताव गरेका छन्। उनले गठबन्धनबाहेकका दलहरूले जितेका स्थानीय तहमा भने पार्टीहरूको अवस्थाको मूल्यांकन गरी तालमेल गर्ने विकल्प प्रस्तुत गरेका छन् । यस आधारमा आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका माओवादीलाई छाड्नुपर्ने देखिन्छ । जसले गर्दा दाहालको प्रस्तावमा पार्टीभित्र खासै छलफल अघि नबढेको स्रोतको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)