मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशका प्रधानमन्त्री रहमानसँग परराष्ट्रमन्त्री शर्माको भेटवार्ता

barnanmedia.com · Tue Feb 17 22:15:59 GMT 2026

परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान बिच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण कार्यक्रममा सहभागी भएकोमा मन्त्री शर्माप्रति आभार व्यक्त गरेका छन् ।

बङ्गलादेशमा यसै साता सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको हो । विद्यार्थी विद्रोहको करिब डेढ वर्षपछि चुनाव सम्पन्न गर्दै देशले नयाँ नेतृत्व पाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)