युक्रेन युद्धबाट प्रेरित हुँदै दशकयताकै ठूलो सैन्य रूपान्तरणको तयारीमा बेलायत
baahrakhari.com · Tue Jun 30 17:15:00 GMT 2026

काठमाडौं । बेलायतले ड्रोन प्रविधिमा ठूलो लगानी गर्ने भएको छ । बेलायत सरकारले सार्वजनिक गर्न लागेको नयाँ रक्षा योजनाअन्तर्गत ड्रोन प्रविधिमा ठूलो लगानी गर्ने भएको हो ।
बेलायतले विगत कयौँ दशकयताकै सबैभन्दा ठूलो सैन्य रूपान्तरणको घोषणा गर्ने तयारी गरेको छ । नयाँ रक्षा रणनीतिअन्तर्गत युक्रेन युद्धबाट प्राप्त अनुभवलाई आधार बनाउँदै सस्तो, अत्याधुनिक र मानवरहित हतियार प्रणालीमार्फत महँगा सैन्य लक्ष्य ध्वस्त पार्ने अवधारणालाई प्राथमिकता दिइने भएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो योजना युक्रेनले रूसविरुद्ध प्रयोग गरिरहेको प्रभावकारी युद्ध रणनीतिबाट प्रत्यक्ष प्रेरित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ