मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण

rajdhanidaily.com · Tue Jun 09 07:27:15 GMT 2026

चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको संक्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताए। ‘यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ’,उनले भने,‘केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो। यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय