सुदूरपश्चिमी नाकामा रातीदेखि कडाइ
janaaastha.com · Tue Mar 23 16:40:14 GMT 2021
छिमेकी भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने खतराको कारण आज रातीदेखि सुदूरपश्चिमी नाका महेन्द्रनगरमा कडाइ गर्न लागिएको छ । मङ्गलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कन्चनपुर जिल्ला प्रशासनले कडाई गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ)रामकुमार महतोद्वारा हस्ताक्षरीत आदेशमा होलीलगायतका मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न बन्देज लगाइएको छ । यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)