उच्च अदालत पाटनले ११ लाख जरिवाना तोकेपछि फरार रहेका व्यक्ति पक्राउ
nepallive.com · Wed Mar 09 16:55:00 GMT 2022
काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनले ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)