एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
ratopati.com · Tue Jun 30 17:16:28 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा एकैपटक भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २६५ अमेरिकी डलरसम्म मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य समायोजनसँगै अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ। यसअघि यसको खुद्रा बिक्री मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको थियो। निगमले एकैपटक ४० रुपैयाँ घटाएपछि आन्तरिक उडानको भाडा समेत घट्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल