मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक सडकमा उत्रिए

corporatenepal.com · Tue Jun 09 07:29:16 GMT 2026

काठमाडौं । शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३–८४ को बजेटमा आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै विरोध प्रदर्शन गरेको छ । लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधासम्बन्धी माग उठाउँदै आएका शिक्षकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदर्शनमा सहभागी शिक्षकहरूले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका विभिन्न सहमति तथा शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख व्यवस्थापनसम्बन्धी प्रावधानहरू कार्यान्वयन नगरी बेवास्ता गरिएको आरोप लगाए । उनीहरूले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सरकार अनुदान शिक्षकका मागप्रति उदासीन रहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)