मन्त्रिपरिषद् बैठकले के–के गर्यो निर्णय (निर्णयसहित)
bishowkhabar.com · Tue Jun 09 07:32:34 GMT 2026

काठमाडौं– मन्त्रिपरिषद्को बैठकले चार प्रमुख निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले ऊर्जा, प्रशासन, संस्थागत व्यवस्थापन र प्रतिवेदनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो ।
बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।
यसअनुसार तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरू अघि बढ्नेछन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन पनि ग्रहण गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार उक्त प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ