मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : राष्ट्रपतिको विनम्रता

nayapatrikadaily.com · Tue Oct 31 00:21:00 GMT 2023

एकपटक अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन कतै जाँदै थिए । साथमा उनका केही निकट मित्र र राष्ट्रपति कार्यालयका केही अधिकारी थिए । उनीहरू अलग–अलग बग्गीमा बसेर यात्रा गर्दै थिए । उनीहरू एउटा गाउँ हुँदै अर्को गाउँतिर गइरहेका थिए ।

यात्राका क्रममा उनीहरू एउटा गाउँमा पुगे । बाटामा एकजना अश्वेत युवा देखिए । सायद उनले राष्ट्रपति वासिंटनलाई चिने । त्यसैले, उनले आफूले लगाइरहेको ह्याट उतारेर केही झुक्दै राष्ट्रपतिलाई अभिवादन गरे । यो दखेपछि राष्ट्रपति वासिंटन पनि आफू बसिरहेको बग्गीको सिटबाट जुरुक्क उठे, आफ्नो ह्याट उतारे र ती अश्वेत युवाभन्दा केही बढी नै झुकेर अभिवादन फर्काए । राष्ट्रपतिको यस्तो व्यवहार देखिरहेका उनका मित्र तथा कार्यालयका अधिकारी अचम्मित भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)