मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला
nepalviews.com · Sat May 16 12:34:52 GMT 2026

कास्की । मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौंको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो ।
सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)