एमालेको घाउमा अध्यादेशको चुक
annapurnapost.com · Wed Aug 18 06:40:00 GMT 2021
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ‘पानी बाराबार’को स्थितिमा पुगेको झन्डै तीन महिना भयो। यो पार्टीमा जुन ‘घाउ’ लागेको थियो त्यो अझै निको हुन पाएकै छैन। यही बेला सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि ‘नुनचुक’सरह भएको छ।
सरकारले सोमबार अकस्मात् प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेपछि नै राजनीतिक वृत्त तात्यो। दल फुटाउने अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष ओलीले राति नै एकताका पक्षमा विज्ञप्ति जारी गरे। तर, त्यसले नेपाल पक्षलाई छोएन। बरु अध्यादेश ल्याउने निर्णयसँगै एमाले एकताको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी गर्न थालियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)