मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
barnanmedia.com · Tue Jun 30 17:15:00 GMT 2026

सरकारले पाँचखालमा निर्माण गर्ने भनिएको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु २१ करोड ५० लाख विनियोजन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत दुई शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ मा थप प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको जनाइएको छ । यसअघि करिब ११ हजार रोपनी जग्गा व्यवस्थापनलगायत प्रशासनिक कार्य भएका थिए । पाँचखालमै निर्माण गरिने भनिएको उक्त विश्वविद्यालयका लागि सरकारसँग माग भएअनुसार ‘भौतिक पूर्वाधार विकास’ शीर्षकमा विनियोजित उक्त बजेटबाट थप कार्य अघि बढाइने काभे्रपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)