मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ सरकारको मन्त्रीमण्डल विस्तार

abhiyandaily.com

विराटनगर । प्रदेश १ सरकारको मन्त्रीमण्डल विस्तार भएको छ । नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्री गरी ६ जनाले शुक्रवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीमण्डलमा रहेका माधव नेपाल समूह र माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिएपछिको यो पहिलो विस्तार हो ।

मन्त्रीमण्डलमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएकाहरू प्राथमिकतामा छन् । भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । यसअघि उक्त मन्त्रालय माओवादीका इन्द्रबहादुर आङ्बोले सम्हालेका थिए । त्यसैगरी उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । यसअघि उक्त मन्त्रालयमा माधव नेपाल निकट जीवन घिमिरे मन्त्री थिए । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी अम्बिरबाबु गुरुङले पाएका छन् । कृषिमन्त्रीमा राम राना, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । चार मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले र दुई राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)