फिल्म ‘टिका’ को छायांकन सुरु, प्रियंका कार्की र वर्षा सिवाकोटी मुख्य भूमिकामा
himalpress.com · Tue Jun 09 07:43:49 GMT 2026

काठमाडौँ- भविष्य खड्काको निर्माणमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘टिका’ को छायांकन सुरु भएको छ। ‘जेरी अन टप’ की निर्माता भविष्य खड्काको यस फिल्मको छायांकन कास्की जिल्लाको पामे गाउँबाट औपचारिक रूपमा सुरु गरिएको हो।
निर्माण पक्षका अनुसार फिल्मको करिब ४० दिनको छायांकन तालिका तय गरिएको छ, जसअन्तर्गत कास्कीमै करिब ३० दिन छायांकन गरिनेछ। त्यसपछि फिल्मको बाँकी छायांकन काठमाडौं लगायत अन्य स्थानमा गरिनेछ। महिलाप्रधान कथामा आधारित भनिएको यस फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल, आयुषी ढकाल लगायत कलाकारहरूको अभिनय रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
काठमाडौँ