मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध [फोटो फिचर]

nepalnews.com · Tue Jun 09 07:42:09 GMT 2026

काठमाडौँ। संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आव ०८३/८४ को बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ। लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा-सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा प्रदर्शन गरिएको हो।

समितिले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका सहमति, साथै संघीय शिक्षा ऐनको निर्णयार्थ पेस गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधान बेवास्ता गरिएको आरोप शिक्षकहरूले लगाएका छन्। अनुदान शिक्षकहरूले ६०/४० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगरी सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)