राष्ट्रिय यू–२० रग्बी : वाग्मती र कर्णाली च्याम्पियन
baahrakhari.com · Tue Jun 30 17:32:33 GMT 2026

काठमाडौं । सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला सेभेन्स रग्बी प्रतियोगिता २०८३ मा पुरुषतर्फ कर्णाली प्रदेश र महिलातर्फ वाग्मती प्रदेश च्याम्पियन बनेको छ ।
पुरुषतर्फको फाइनल खेलमा कर्णाली प्रदेशले वाग्मती प्रदेशमाथि १५–१० को रोमाञ्चक जित निकाल्दै उपाधि माथि कब्जा जमायो । महिलातर्फ वाग्मती प्रदेशले कोसी प्रदेशलाई ५–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ