पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल
rajdhanidaily.com · Tue Jun 09 07:46:09 GMT 2026
सुनसरी । भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय छन् ।
उनी विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउँछन् । सोमबार साँझपख भेडेटारमा भेटिएका गन्धर्वले भने,“मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभई जीवनका भोगाइ, वैदेशिक रोजगारीका अनुभव तथा सामाजिक चेतनाका सन्देश अभिव्यक्त गर्ने माध्यम पनि हो । यो पुर्ख्यौली पेसाप्रतिको सम्मान पनि हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)