बालुवाटारमा एक्लै भेट्ने के हो बाध्यता ?
janaaastha.com
नेपालमा राष्ट्रपति–उपराष्ट्रपति छान्ने चटारोकै बीच शक्तिराष्ट्रकी एक पाहुनाको बास हुने भएको छ । बुधवार, अर्थात् मार्च ८ देखि राष्ट्रपति चयन भएको भोलिपल्ट, अर्थात् १० तारिखसम्म बेलायतकी दक्षिण एशिया हेर्ने विदेशराज्यमन्त्री मेरी ट्रेवलिङको औपचारिक भ्रमण हुन लागेको हो । गत महिना नै टुंगो लागेको कारण यो भ्रमण नरोकिएको परराष्ट्रका अधिकारीले बताएका छन् । सन् १९२३ डिसेम्बर २१ (विसं १९८० पुस ६ गते) बेलायतसँग गरिएको सन्धिको शतवार्षिकीका सन्दर्भसँग उक्त भ्रमण गाँसिएको छ । नेपालले विश्व मानचित्रमा बेलायतबाट सार्वभौमसत्तासम्पन्न मुलुकको औपचारिक मान्यता प्राप्त गरेको उक्त सन्धिमार्फत सुगौली सन्धिबाट नेपालले भोगेको अपमानको हल्का पुर्ताल भएको थियो । अंग्रेज फौजसँग भएको थप युद्ध रोक्न सन् १८१५ डिसेम्बर २ मा ब्रिटिश इष्ट इण्डिया कम्पनीसँग सन्धि हुँदा नेपालले आफ्नो दुई तिहाइ भूभाग गुमाउनुप¥यो । सन् १८१६ को सुगौली सन्धिको नामले चिनिने यो सन्धि नेपालले बाध्यतामा परेर गरेको थियो । सुगौली सन्धिको पीडा र अपमानलाई सच्याउन बेलायत तयार भएपछि सन् १९२३ मा नेपाललाई सार्वभौम मुलुक स्वीकार गर्दै सन्धि भयो । सुगौली सन्धिपछि बेलायतले काठमाडौंमा राखेको आवासीय प्रतिनिधिलाई १९२३ को सन्धिलगत्तै ‘राजदूत’ को मान्यता दिइयो । यो वर्ष उक्त सन्धि सय वर्ष पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)