मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरिया भाषा परीक्षा तीन चरणमा

ekantipur.com · Tue Jan 09 01:22:31 GMT 2024

काठमाडौँ — कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली यसमा सामेल हुन पाउनेछन् । माघ ६ देखि सुरु हुने परीक्षा तीन चरणमा सम्पन्न हुनेछ ।

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंग्याएको हो । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए । ‘हामीले तीन चरणमा परीक्षा लिनेछौं । पहिलो चरणमा ४७ हजारको हुनेछ । दोस्रो चरणमा ८० हजार र बाँकीको तेस्रो चरणमा हुनेछ,’ उनले भने, ‘प्रत्येक दिन परीक्षामा एक हजार जना सहभागी हुनेछन् ।’ पहिलो चरणको परीक्षा सकिन कम्तीमा ४७ दिन लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)