आवेगमा आएर नेमप्लेट राख्नु विधिसम्मत होइन : विश्वप्रकाश शर्मा
baahrakhari.com · Sat Aug 15 09:10:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार (साउन ३०) ललितपुरमा फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उनले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही भनेको अवस्थामा यसबारे कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन् ।
उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्नेमा जोड दिए । अदालतले पार्टी केन्द्रीय समिति बदर नगरेको तथा सभापति गगन थापा नै रहेको स्पष्ट पारेको स्मरण गर्न उनले संस्थापनइतर समूहलाई सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)