आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरू नतिजामुखी बनाउन 'भर्चुअल' अन्तरक्रिया सम्पन्न
nepallive.com · Fri Aug 13 17:16:00 GMT 2021
काठमाडौं- परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन 'भर्चुअल' अन्तरक्रिया सम्पन्न गरेको छ।
नेपालको निर्यात व्यापार प्रवर्द्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको मन्त्रालयले जानकारी दिएको छ। साउन २७ देखि २९ सम्म भएको कार्यक्रममा नेपाली निर्यातजन्य वस्तुहरू निकासी गर्ने उद्यमी व्यवसायीहरू र विदेशस्थित नेपाली नियोग प्रमुखहरू तथा अन्य कर्मचारीहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)