पीएनजीमाथि ओमानको ५२ रनको जित
ratopati.com · Fri Oct 10 18:25:00 GMT 2025
काठमाडौँ । विश्व टी- ट्वान्टी छनोट प्रतियोगितामा ओमानले उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको सानदार जित दर्ता गरेको छ । समूह चरणको खेलमा ओमानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।
ओमानका विनायक शुक्लाले सर्वाधिक ४८ रन प्रहार गरे भने मोहम्मद नदीमले २८ र जतिन्दर सिंहले १९ रनको योगदान दिए। बलिङतर्फ पपुआ न्यूगिनीका कबुआ मोरियाले २ विकेट लिँदा अलेई नाओ र गाउडी टोका १-१ विकेटमा सीमित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)