प्रधानमन्त्री शाह मङ्सिर दोस्रो साता भारत भ्रमणमा जानु हुने
barnanmedia.com · Fri Oct 16 22:48:18 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउनुभयो ।
विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन्। मन्त्री खनालले भन्नुभयो, “आजको दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छैनौं ।” वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उहाँले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)