युवाहरू दौडाउँदै मीरा
ekantipur.com · Sun Feb 11 00:43:23 GMT 2024
काठमाडौँ — भक्तपुर बस्ने ताप्लेजुङका सनाम शेर्पा ३५ किलोमिटरको दौडमा भाग लिन शनिबार बिहान ठीक ६ बजे मुड्खु पुगे । दौड ठीक ७ बजे सुरु हुने भएकाले एक घण्टाअगावै आइपुग्न आयोजकले अघिल्लो दिनै सूचित गरिसकेको थियो ।
सनाम मुड्खु पुग्दा दुई सयजति प्रतियोगी धावक सहभागी भइसकेका थिए । दौडिन तम्तयार उनीहरूलाई काठमाडौंको ठिहिर्याउने चिसोको पर्वाह थिएन । स्वयंसेवकले टिसर्ट र ‘नेम ट्याग’ बाँडे । प्रतियोगीहरूले टिसर्ट र हाफ पाइन्ट लगाए । कसैले जुत्ताको तुना कस्न थाले । सानो झोलामा पानीका बोतल र चकलेट राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)