मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँमै नुन पाउँदा उजेलियो अनुहार

nayapatrikadaily.com · Sat Mar 16 00:28:00 GMT 2024

कालिकोटको महावै गाउँपालिका बिर्तामोडका जर्मा सिंहको मुहारमा शुक्रबार बेग्लै चमक थियो । नहोस् पनि किन, १५ सयभन्दा बढी रुपैयाँ र पूरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउने जर्माले शुक्रबार घरनजिकै खुलेको डिपोबाट पाँच किलो नुन पाएकी थिइन् ।

उनको जस्तै खुसी पंख थापाको अनुहारमा पनि देखिन्थ्यो । वर्षौँपछि गाउँमा नुन पाउँदा केहीबेर उनलाई पत्यारसमेत लागेन । पछि उनले पनि एक किलोका पाँचवटा प्याकेट हातमा थापे । ‘यति नुन लिन एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता छ । एकपटक सदरमुकाम जाँदा–आउँदा १५ सयभन्दा बढी पैसा खर्च हुन्छ । यस्तोमा गाउँमै नुन पाएपछि खुसी नलाग्ने कुरै भएन,’ पंखले नयाँ पत्रिकासँग भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)