मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जग्गा भाडामा लिएर सयपत्री खेती

barnanmedia.com · Fri Oct 16 23:38:58 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् ।

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताउनुभयो । “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उहाँले भन्नुभयो “अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)